झापा ।

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता पूर्णसिंह राजवंशीले प्रदेश नं. १ को नामकरणमा कोचिला सभ्यता  समावेश नभए बिद्रोह हुने चेतावनी दिएका छन् । 

झापा क्षेत्र नम्बर ३ (ख) प्रदेश सभा सदस्यसमेत रहेका नेता राजवंशीले आदिवासीहरुको जायज माग सम्बोधन नभए बिद्रोह हुने चेतावनी दिएका हुन् । 

मंगलबार (आज) बिराटनगरमा आयोजित कार्यक्रममा उनले आदिमकालदेखि औलोसँग लड्दै आएको आदिबासीको अधिकारलाई राजनीतिक दलहरुले पनि ब्यवस्था गर्दै आएको प्रति दुःख ब्यक्त गरे । उनले कोचिला पहिचान अधिकारको लडाईमा दर्जनौं कोचहरु शहिद भएको बताउँदै अहिले पनि कयौं बेपत्ता पारिएको बताए । 

नेता राजवंशी माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य समेत हुन्  भने  हाल अनुशासन बिभाग समिति  सदस्य हुन् ।