हल्दीबारी । 

‘रुख रोपौ पर्यावरण जोगाउ’ भन्ने नाराका साथ झापाको हल्दीबारीमा एकसय वटा बृक्षरोपन गरिएको छ ।  नेपाली कांग्रेस हल्दीबारी गाउँ कमिटीले शुक्रवार (आज) हल्दिबारी–५ स्थित धनुषामा नेपाली कांग्रेसका संस्थापक नेता तथा आधुनिक नेपालका परिकल्पनाकार महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा बृक्षरोपण गरेको हो । 

पार्टीले मलेशियन सखुवा र टिक जातको एकसय वटा बिरुवा रोपेको नेपाली कांग्रेसका हल्दिबारी गाउँ कमिटी उपसभापति होमप्रसाद चुडालले जानकारी दिए ।

उपसभापति चुडालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य लखन हेमरम, जिल्ला सदस्य निराजन दाहाल, हल्दीवारी वडा नं. ५ का सभापति बिजय फागोलगायत पार्टीका सदस्यहरुको उपस्थिति रहेको थियो । त्यस्तै कांग्रेसले आज विपिको स्मृति दिवसको अवसरमा जिल्लाभर बिबिध कार्यक्रम गरेको छ ।