काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालीन बहुमत सदस्यहरूबीच पार्टी एकीकरण सहितका विषयमा कुरा भएको बताएका छन्। उनले तर वर्तमान पाँच दलीय गठबन्धनलाई पनि जोगाएर लैजाने भन्ने साझा मत रहेको उल्लेख गरेका छन्। 

बुधवार (आज) हामी नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरु दोस्रो बैठक हामी बस्यौँ’ प्रचण्डले भने  ‘यसअघि पहिलो बैठक असारमा भएको थियो ।’

 प्रचण्डले मुख्यतः सबै पार्टीले गठबन्धन गरेर जाने निर्णय भएको बताए। गठबन्धन गरेर जाने पनि चर्चा भइरहेको उनको भनाई छ ।  ‘गठबन्धनलाई कायमै राखेर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो’ प्रचण्डले भने ‘तर यसलाई अझै प्रभावकारी बनाउने भन्ने कुरा भएको छ।’

अर्कातिर हिजो एकै पार्टीको सचिवालयमा रहेका बहुमत सदस्यहरु एक ठाउँ जुटेकाले फेरि एकीकरणको विकल्पमा पनि कुरा भएको बताए।  बाबुराम भट्टराईसँग पनि आजै पार्टी एकीकरणमै केन्द्रित भएर कुरा भएको प्रचण्डले बताएका छन् ।