झापा । 

काठमाडौंको कोटेश्वर र बिरगञ्जमा पनि जनता समाज पार्टी (जसपा) को दुइटा भेला सम्पन्न भएको छ । जसमा एउटा बैठक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा भएको छ भने अर्को वैठक बिरगञ्जमा उपेन्द्र यादवको अध्यक्षतामा भएको छ । उक्त बैठकको ब्यानरमा भने जसपा केन्द्रिय बैठक नै भनिएको थियो । उक्त बैठक गत असार २७ र २८ गते भएको हो । 

भट्टराईले सल्लाह नगरी विवाद उत्पन्न गराएर यादव समुहले बैठक बोलाएको र त्यसको बिरोध गर्दा कारबाही गर्ने धाक दिएपछि छुट्टिनु नै राम्रो उपाय साथै समस्याको हल भएकाले कोटेश्वरमा आफुहरुले बैठक बोलाएको बताउछन्।

उता यादबले भने भट्टराईसहित ९ जना केन्द्रिय कार्यकारिणी सदस्यलाई  पद मुक्त घोषण गर्दै संघीय परिषदको अध्यक्ष अशोक राईलाई  मनोनित गरि विभिन्न बिषयमा छलफल गर्दै बैठक सम्पन्न गरे। यो विवाद अहिले जिल्ला, नगर, चुनाबी क्षेत्र, वडा/वडामा समेत देखिन थालेको छ।

सोही क्रममा आइतवार (आज) झापाको दमक नगरपालिकामा जसपा बिभाजन भएको छ। बिभाजनपछि भट्टराई पक्षबाट दमकमा भेषराज भट्टराईको अध्यक्षतामा २५ सदस्य दमक नगर समिति पुनः गठन भएको छ। त्यस्तै यादबको पक्षले पनि गंगा दुलालको अध्यक्षतामा नगर समिति पुनः गठन गरेको छ।

पुनःगठन गर्दा भट्टराईको पक्षमा शतप्रतिशत सदस्यहरु उपस्थित रहेको दमक नगर अध्यक्ष भेषराज भट्टराईले बताए । यसैलाइ आधार मान्दा भट्टराई पक्षमा उपस्थिति बलियो देखिएको छ भने यादब पक्षको उपस्थित अब दमकमा कमजोर देखिने पक्का भएको छ। यस्तै जिल्लामा पनि यादब पक्षको कम उपस्थित रहने पनि भट्टराईले जानकारी दिए।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पक्षको दमक नगर समितिको अध्यक्षमा भट्टराई छन् भने उपाध्यक्षमा नानुमाया पौडेल, सम्झना योङहाङ, तुलसी ढुंगाना र सुमन राई चयन भएका छन् । त्यस्तै सचिबमा धनपति खतिवडा, सहसचिवमा विपुल गुरागाई र कोषाध्यक्षमा पुरुषोत्तम राई चयन भएका छन् ।

त्यसैगरी सदस्यमा सरज लिम्बु, करिषा लिम्बु, गोपाल लाखे, नर्व योङहाङ, राधिका लिम्बु, दिलकुमार पन्धाक (लिम्बु), अञ्जु बुढाथोकी, कमला लिम्बु, सुबोध राजवंशी, नेपाल मुर्मु, अविनजंग कार्की, सन्तोष अधिकारी, युवराज तामाङ, रामबहादुर राई, ज्योति लिम्बु, खगेन्द्र न्यौपाने र राम लिम्बु सर्वसम्मत चयन भएको जनाइएको छ ।