• राजु बराल 

चन्द्रगढी । 

द्रोणाचार्य स्मृति प्रतिष्ठानको दोस्रो अधिबेशन नया नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ । झापाको चन्द्रगढी स्थित भद्रपुर नगरपालिकाको वडा नं. १० को सभा हलमा सम्पन्न उक्त अधिबेशनले संविधानसभा सदस्य रबिन कोइरालाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा चन्द्रमाया श्रेष्ठ, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा लोकनाथ भट्टराई र कोषाध्यक्षमा दुर्गा प्रसाद भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यमा प्रदेश सांसद वसन्त बाँनिया, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, देवराज कार्की, लक्ष्मीगुरागाई, पुरुषौत्तम अधिकारी, गणेश बस्नेत, खिलानाथ पाण्डे निकास र अनुज खतिवडा चयन भएका थिए । 

द्रोणाचार्य स्मृति प्रतिष्ठानको आगामी तीन बर्षे कार्यकालका लागि दुई जना सदस्य मनोनित गरी सल्लाहकार  चयन गरिने प्रतिष्ठानका सचिव लोकनाथ भट्टराइले बताए।

पुर्व कानुन मन्त्री अग्नीप्रसाद खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि खरेलका साथै संविधानसभा सदस्य रबिन कोइराला र  नेकपा एमाले झापा अध्यक्ष दिपक कार्कीले प्रजातान्त्रिक आन्दोलनमा पूर्व सांसद द्रोणाचार्य  क्षेत्रीले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षता, उपाध्यक्ष चन्द्रमाया श्रेष्ठको स्वागत र महासचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा महासचिव श्रेष्ठले प्रतिष्ठानको साङ्गठानिक प्रतिबेदन र कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराइले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।