काठमाडौं।
 काठमाडौंको बानेश्वरमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बिहीबार साँझ नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्य वृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि झडप भएको हो ।

झडप भएपछि उक्त क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन । प्रदर्शनकारीले ‘‘मूल्यवृद्धि फिर्ता गर’ , ‘प्रधानमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो ।