बिर्तामोड । 

 देवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा आशिष वन चयन भएका छन् । ११ सदस्यीय समितिको अध्यक्षमा सामाजिक व्यक्तित्वका रुपमा गिरी चयन भएका हुन् । बिर्तामोड ६ निवासी युवा व्यवसायी उनी खेल प्रेमी व्यक्तिका रुपमा पनि परिचित छन् ।

गत फागुन २९ गतेको अभिभावक भेलबाट चार जना सदस्य छनौट भएका थिए । विधानत दुई जना सदस्य मनोनित हुने व्यवस्था अनुसार वन र महिला सदस्यमा लीला ओलीलाई समितिमा मनोनयन गरिएको थियो ।

सो विद्यालयमा प्राविधिक धार समेत अध्ययन हुने हुँदा उद्योग वाणिज्य संघका तर्फबाट दुई जना रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार मेदनीप्रसाद विश्वकर्मा र गोवेन धिमाल यसअघि नै मनोनित भएको बताइएको छ ।