बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । पार्टीको नगर कमिटीले बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाई र उपमेयर नगेन्द्रप्रसाद संग्रौलालाई २० बुँदे ध्यानाकर्षण पत्र दिएको हो ।
सोमवार (आज) पार्टीका नगर कमिटी अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, सचिव गणेश कालिकोटे साथै जिल्ला नेता बासु दुलाल, प्रकाश भट्टराईसहितको टोलीले ध्यानाकर्षण प्रदान गरेको हो ।
पार्टीको नगर कमिटीले निवर्तमान नगरको स्थानीय सरकारले विगत ५ बर्ष नेकपा (माओवादी केन्द्र) लाई बाइपास गरेर एकल ढंगले दम्बका साथ अघि वढेको ध्यानाकर्षण पत्रमा जनाइएको छ । नव निर्वाचित स्थानीय सरकारले त्यस्तो कार्य नगर्ने विश्वासका साथ विकासका कार्यमा साथ सहयोगसहित नगरमा हुने सवै गतिविधिमा माओवादीलाई पनि साथ लिएर अघि वढ्न आग्रह गर्दै ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्ष पत्रमा भनिएको छ ‘पार्टीले दीर्घकालिन, अल्पकालिन योजना तर्जुमा प्राथमिककरण कार्यशाला सर्वदलिय भेला गत जेठ ३१ गते माओवादीलाई सूचना सम्प्रेषणमा गलत भएको ठहर गरेको छ । यस्ता कार्यप्रति निन्दा र भत्र्सना गर्दै आमागाी दिनहरुमा यस्ता क्रियाकलाप सच्यान समेत अपिल गर्दछौं ।
माओवादीले नगरले अघि सारेको जनमुखी, राम्रो सकारात्मक नीति तथा कार्यक्रमको साथ र सहयोग गर्ने बताएको छ । त्यस्तै नराम्रा कार्यहरुको बिरोध र खवरदारीका साथ प्रभावकारी प्रतिपक्षको भुमिकामा रहने जनाइएको छ ।