बिर्तामोड । 

झापाको बिर्तामोड–६ को तक्षशिला एजुकेशन फाउण्डेशन (सनसाइन किण्डर हाउस) ले १५ औं बार्षिकोत्सव मनाएको छ । विद्यार्थीकै अगुवाईमा विद्यालयले साँस्कृतिक होली मिलन कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो ।

तक्षशिलाले शान्त वातावरणमा आवश्यक प्राविधिक ज्ञानसहित बिद्यार्थीको चाहना अनुसारको गुणस्तरीय शिक्षा दिदै आएको प्रिन्सिपल रोहित ढंगेलले बताए । विद्यालयमा अत्याधुनिक सुविधासम्पन्न ल्याबहरु रहेकाले प्रविधिमैत्री शिक्षा विद्यार्थीले पाउने भनको भनाई छ ।  भारत र झापा बाहिर पढ्दै आएका कतिपय विद्यार्थी अहिले  तक्षशिलामा आएका उनले जानकारी दिए । 

त्यस्तै विद्यालय व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष पूजा गिरीले बिद्यालयले कक्षा १० सम्मको स्वीकृति लिइसकेकोे बताउँदै हाल कक्षा–८ सम्म अध्यापन भइरहेको जानकारी दिइन् । हरेक बर्ष कक्षा ‘अपग्रेड’ गरी १२ कक्षासम्मको पठनपाठन गराइने उनले बताइन् ।  हाल बिद्यालयमा तीन सय ५० जना बिद्यार्थी अध्ययनरत् रहेको  जानकारी दिदै उनले भनिन् ‘यसवर्षबाट कक्षा ९ को समेत पठनपाठन सुरु हुनेछ ।’

विद्यालयकी क्याप्टेन कक्षा ७ कि विद्यार्थी निजरा मेचेले स्वागत गरेको कार्यक्रममा बिद्यालयका निर्देशकहरु मनिष गिरी, अंकित गिरी, श्रदा गिरी बोहोरासहित अभिभावक, बिद्यार्थीलगायतको सहभागिता जनाइएको छ । कार्यक्रममा विद्यार्थीले विविधविधामा  मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुति गरेका थिए ।

दुई विगाह क्षेत्रफलमा २० करोड रुपैयाँभन्दा बढीको लागतमा स्थापना भएको बिद्यालयमा विद्यार्थीहरुका लागि ओलम्पिक मिनी स्वीमिङ पुल, फुटवल ग्राउण्ड, वास्केटबल ग्राउण्ड, साइन्स ल्याव, कम्युटर ल्याव, आर्ट रुम, विद्यार्थी अस्वस्थ हुँदा आराम गर्ने कोठा, बालमैत्री शौचालय  सञ्चालनमा रहेको विद्यालयका संस्थापक सञ्चाल तथा निर्देशक दीपक गिरीले बताए ।

११ कट्ठा जग्गामा रहेको सनसाइन किण्डर हाउसमा प्ले ग्रुपदेखि यूकेजीसम्मको पठनपाठन हुँदै  आएको छ भने तक्षशिला एजुकेशन  कक्षा १ देखि माथिल्लो कक्षासम्मको पठनपाठन हुदै आएको छ ।