बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा दुर्गा बाल क्लब गठन भएको छ। नवगठित क्लबको अध्यक्षमा सौगात घिमिरे निर्वाचित भएका छन्।
क्लबको उपाध्यक्षमा श्रेया भट्टराई, सचिवमा रश्मी भण्डारी, सहसचिवमा सौरव खरेल र कोषाध्यक्षमा कृष्ण राजवंशी निर्वाचित भएका हुन्। यसैगरी सदस्यहरुमा प्रज्वल भण्डारी,, मनिषा लामा, समिक्षा लामा, सचिन बराल, फरिदा खातुन र एजमेरी खातुन रहेका छन्।
क्लवको संरक्षक शिक्षकको रुपमा अनिश अधिकारी चयन भएका छन्। बिद्यालयमा २०६४ सालमा शिक्षक धर्मेन्द्र भट्टराईको पहलमा पहिलो पटक क्लबको स्थापना भएको थियो।
क्लवले बिद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप, साहित्यिक, सांस्कृतिक साथै बिद्यालय सरसफाई र अनुशासन सम्बन्धी कार्यक्रम संचालन गर्ने गरेको छ। क्लवका प्रधान संरक्षक बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।