बिर्तामोड । 

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनाल तथा बुध खनालले एकलाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । मंगलबार आफ्नो विवाहको ६० औं वर्षगाँठको समारोहमा खनाल दम्पत्तिले उक्त घोषणा गरेका हुन् ।

खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । ०१७ साल फागुन २४ गते बुध भट्टराईसँग वैवाहिक सम्वन्धमा जोडिएका खनालले ३२ वर्ष निजामति सेवामा रही अवकासपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका थिए । उनका तीन छोरा दीपक अष्ट्रेलिया तथा रुपक र उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन् ।

सहयोग घोषणा समारोहमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङवा,  राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बालगायतको उपस्थितिमा सहयोग गर्न लागेकोे बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।