बिर्तामोड । 

नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई नेल्टाको केन्द्रीय समिति सदस्यमा मनोनित भएका छन्। २५ वर्षअघि स्थापना भएको नेल्टामा मेची अञ्चलबाट केन्द्रीय सदस्य हुने भट्टराई पहिलो ब्यक्ति हुन् । 

अंग्रेजी भाषा शिक्षकहरूको पेशागत विकास, तालिम, गोष्ठी सेमिनार र अन्य अध्ययन सामग्री संचालन तथा प्रकाशनको क्षेत्रमा काम गर्दै आएको छ।

झापामा बिगत छ बर्षअघि भट्टराई लगायतको पहलमा नेल्टाको स्थापना भएको थियो । यस अबधिमा झापा जिल्लामा बिभिन्न किसिमका तालिम, गोष्ठी र सेमिनार, प्रबिधि को संचालन गरी दुई हजार भन्दाबढी शिक्षकहरूलाई पेशागत विकासको अवसर प्रदान गरिसकेको जनाइएके छ।

शिक्षा र शिक्षकको गुणस्तर बृद्धिका लागि अहम भुमिका निर्वाह गरेका भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बौद्धिक क्षमता प्रस्तुत गरेका छन्। हाल उनी ब्रिटीस काउन्सिल नेपाल को राष्ट्रिय प्रशिक्षकको रुपमा समेत कार्यरत छन्।