लक्ष्मीपुर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल टे«ड युनियन महासंघ महिला कमिटी झापाले ११२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ ।
चिया बगानमा काम गर्ने श्रमिक महिलाहरुसँग कार्यस्थलमै गएर गत फागुन १८ गतेदेखि अन्तरक्रिया गरिरहेको महासंघ झापाकी अध्यक्ष सिता सापकोटाले जानकारी दिइन् ।
महिला दिवसका नाममा होटल तथा रेष्टुरेन्टमा तडकभडक तरिकाले महिला दिवस मनाउनेका लागि चुनौती दिदै महासंघले कार्यस्थलमै गएर महिला श्रमिकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको अध्यक्ष सापकोटाले बताइन् ।
उनका अनुसार कचनकवल गाउँपालिकाका तीनवटा र भद्रपुर नगरपालिकाको दुईवटा चिया बगानका श्रमिक महिलाहरुसँग अन्तरक्रिया गरिसकिएको छ । त्यस्तै अर्जुनधाराको एउटा, मेचीनगरको दुईवटा, झापा गाउँपालिकाको एउटा र दमक नगरपालिकाको एउटा चिया बगानका महिला श्रमिकसँग फागुन २५ गतेसम्ममा अन्तरक्रिया गरिने कार्यक्रम रहेको अध्यक्ष सापकोटाले बताएकी छिन् ।