लक्ष्मीपुर । 

हाल परिमार्जन भएको पाठ्यक्रम शिक्षकहरुलाई सहजीकरण गराउने उदेश्यले पाठ्यक्रम विकास केन्द्रले अभियान थालेको छ । अध्यापन गराउन असहज भइरहेको गुनासो वढेपछि केन्द्रले सिकाई सहजीकरणका लागि  अभियान शुरु गरेको हो । 

केन्द्रले सहजीकरण गराउने उदेश्यले बिहीवार झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित बिहीवारे बजारको सामुदायिक भवनमा नेपाली भाष–शिक्षण तथा सिजनात्मक सिकाई कार्यशाला भएको छ । 

शिक्षा तथा खेलकुद अर्जुनधारा नगरपालिकाको आयोजना तथा ऐरावती प्रकाशन प्रालि काठमाडौंको सह–आयोजनामा कार्यशाला गोष्ठि सम्पन्न भएको हो । 

अर्जुनधारा नगरका निजी बिद्यालयका ९ जना र सामुदायिक बिद्यालयका ४७ जनासहित ५६ जना शिक्षक शिक्षिकाको सहभागीता रहेको सिकाई कार्यशालामा प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य तथा समालोचक डा. देवी नेपाल र पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा पाठ्य पुस्तक लेखक डा. गणेश भट्टराईले प्रशिक्षण दिएका थिए । 

lll

सहभागीहरुले आफुहरुले गलत तरिकाले पढाइरहेको बताउँदै कार्यशालामा सहभागी भएर परिमार्जन पाठ्यक्रमसँग घुलमिल हुने अवसर प्राप्त भएको बताएका छन् । अन्य बिषय भन्दा नेपाली बिषय अध्ययन गराउन कठिन भएको उनीहरुको भनाई थियो । 

इलामको रोङ र सूर्योदय झापाको कनकाईको स्थानीयतहका सम्पन्न भइसकेको कार्यशाला शुक्रवार बिर्तामोड नगरमा गरिने जनाइएको छ । 

ऐरावती प्रकाशन प्रालि काठमाडौंका अध्यक्ष रामदेव पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रालिका अध्यक्ष पाण्डेले प्रकाश पारेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपमेयर कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, अधिबक्ता फडिन्द्र न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विनोद सापकोटाले गरेका थिए ।