सुरुङ्गा ।
प्याव्सन कनकाई नगरले शैक्षिक व्यक्तित्व सम्मानको कार्यक्रम गरेको छ । सम्मानित हुनेहरुमा शिक्षासेवी चन्द्रप्रसाद मैनाली साथै मरणोपरान्त स्व.गंगाप्रसाद उप्रेती र स्व.लक्ष्मण सुवेदी रहेका छन् । उनीहरुलाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बताइएको छ ।
नगर प्याव्सनका अध्यक्ष सुव्वाको अध्यक्षतामा भएको कार्यक्रममा विशेष कार्यक्रममा कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, प्याव्सन झापाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार एलपी उप्रेती, प्याव्सन झापा अध्यक्ष गौरीमान फागो, कनकाई ९ का वडाअध्यक्ष प्रेमप्रसाद राजवंशी, समाजसेवी ओम पाठक र लिलाप्रसाद चिमरीया, विद्यार्थी नेता राजेन्द्र उप्रेती लगायतले सम्मानित व्यक्तित्वको प्रशंसा गरेका गरेका थिए ।
नगर प्याव्सनका कोषाध्यक्ष विनोद उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव मोहन थापाले गरेका थिए ।


















