गोलधाप ।

झापाको हल्दीबारी–१ गोलधापमा रहेको उज्यालो बाल क्लबको तेस्रो अधिबेशन आइतवार सम्पन्न भएको छ । हल्दीबारी वडा नं.१ स्तरीय बाल क्लबका अध्यक्ष राज अधिकारीको अध्यक्षता हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा भएको थियो । 

त्यस्तै वडा नं.१ का अध्यक्ष त्रिलोचन सापकोटाको बिशेष आतिथ्य रहेको कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिबेदन अधिकारीले प्रस्तुत गरेका थिए भने  कोषाध्यक्ष भुमिका कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन्। 

साधारणसभामा प्रतियोगित्मक नृत्य समेत प्रस्तुत गरिएको थियो। वडा न १ मा रहेका सबै बिद्यालयले नृत्य प्रतियोगितामा सहभागी जनाएका थिए । प्रतियोगितामा  सरस्वती माबि प्रथम, दुर्गा देबि प्राबि दोश्रो र जन जनजागृति माबिले तेस्रो स्थान हासिल गरेका थिए। 

करिब १ सय ५० बाल बालिकाको उपस्थिति रहेको उक्त कार्यक्रममा  बाल क्लबले वडा कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरेको थियो । उक्त अधिबेशनले अनुप साशंकरको अध्यक्षतामा २५ सदस्य कार्यसमिति समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा पुष्कल घिमिरे, सन्ध्या राई र उत्तम कार्की, सचिबमा सन्दिप गुरूङ, सह–सचिब मौसम खड्का र कोषाध्यक्षमा रूस्मा पाठक चयन भएका छन् । 

कार्यक्रममा स्वागत उपाध्यक्ष  देवेन्द्र अधिकारीले गरेको कार्यक्रमको सञ्चालन विष्णुप्रसाद कोईरालाले गरेका थिए।