सुरुङ्गा । 

रोटरी क्लव अफ सुरुङ्गाले वार्षिक आफ्नो क्यालेण्डर अनुसार कनकाई नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता गरेको छ । 

कनकाई नगर क्षेत्रका सामुदायिक र निजी गरी ११ वटा विद्यालयका विद्यार्थीहरुको सहभागितामा कनकाई माविमा प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक क्लवका उपाध्यक्ष डिल्लीराम मैनालीले जानकारी दिएका छन् ।  

प्रतियोगितामा कनकाई मावि प्रथम, विद्योदय अंग्रेजी मावि द्वितीय र श्री हरिकुल नमुना माविले तृतीय स्थान प्राप्त गर्न सफल भएको जनाइएको छ । प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यालयहरुलाई क्रमश १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार साथै प्रमाण पत्र प्रदान गरिएको संयोजक मैनालीले बताए । 

अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले यस अघि पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, वातावरणका क्षेत्रमा समेत उल्लेखनीय गतिविधि संचालन गर्दै आएको क्लवका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले बताए ।

क्लवले आफ्नो वार्षिक कार्यक्रमअनुसार केही दिनभित्रै कोटीहवन धार्मिक क्षेत्रको सरसफाई गर्ने विषयमा समेत निर्णय गरिसकेको पुर्व अध्यक्ष पोखरेल बताउँछन् ।  ।