झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हल्दिबारी गाउँपालिका कमिटीको अध्यक्षमा दिपक खरेल चयन भएका छन् ।
गाउँपालिकाको बुधबार भएको अधिवेशनले खरेललाई सर्वसम्मत् चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा सुकलाल राजबंशी, उपाध्यक्ष सरस्वती चम्लागाई, उपाध्यक्ष टिकादेवी राउत , सचिव जितबहादुर राजबंशी, र सह–सचिव हैकम घिसिङ सर्वसम्मत निर्वाचित चयन भएका छन्। ७ पदाधिकारीसहित ५५ सदस्यीय गाउँ कमिटी निर्वाचित भएको हो ।
राजेन्द्र योङहाङको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य, पार्टी प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाई तथा
को आतिथ्य रहेको थियो । प्रदेशसभा सदस्य तथा पार्टीका झापा जिल्ला सह–इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) को आतिथ्य रहेको थियो।
स्वागत सरस्वती चापागाईंले गरेको कार्यक्रमको सञ्चालन जितबहादुर राजवंशीले गरेका थिए । कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य सी पी कडरिया, प्रदेशसभा सदस्य पूर्णसिहं राजवंशी, संविधानसभा सदस्य मोहन टुडु, झापा संयोजक मणिकुमार साम्पाङ बिजयलगायतका नेताहरूको उपस्थिति रहेको वडा नं.२ का अ्रध्यक्ष खकेन राजबंशीले जानकारी दिए ।