लक्ष्मीपुर ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अर्जुनधारा नगरको अध्यक्षमा नरकुमार तामाङ (नारद) चयन भएका छन् ।नगरको मंगलबार भएको अधिवेशनले तामाङलाई सर्वसम्मत् चयन गरेको हो । त्यस्तै कोषाध्यक्षमा धनकुमारी तामाङ चयन भएकी छिन् । उपाध्यक्ष, सचिव र सह–सचिवका आंकाक्षि देखिएकाले मंसिर १८ गते टुङ्गो लगाइने अनिल सुवेदीले जानकारी दिए । ७ पदाधिकारीसहित ६५ सदस्यीय नगरको कमिटी रहनेछ ।

नरकुमार तामाङ (नारद)को अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य, प्रेदश नं. १ इन्चार्ज तथा प्रतिनिभिसभा सदस्य राम कार्कीको प्रमुख आतिथ्य रहेको थियो । पार्टीकी केय सदस्य, प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य, प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईको विशेष आतिथ्य रहेको थियो । 

स्वागत नगर कार्यालय सदस्य नारायण पौडेलले गरेको कार्यक्रमको सञ्चालन अनिल सुवेदीले गरेका थिए । कार्यक्रममा पार्टी प्रदेश सदस्य प्रदेश,  प्रदेशसभा सदस्य तथा झापा सह–इन्चार्ज झलकसिंह दर्लामी (सन्देश), प्रदेश कमिटी सदस्य सीपी कडरिया, प्रदेश सदस्य लक्ष्मी न्यौपाने (सरु), श्यामवीर लिम्बु (सौभाग्य), झापा कार्यालय सदस्य कुवेर श्रेष्ठ (अरुण)लगायको उपस्थिति रहेको थियो ।