लक्ष्मीपुर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भद्रपुर नगर अध्यक्षमा शिवकुमार राजभण्डारी चयन भएका छन् । मंगलबार भएको नगर अधिवेशनले उपाध्यक्षमा ज्ञानबहादुर गिरी, कुमारी स्वर्णीका सिंह र मोहमद हजरत अली चयन भएका हुन् ।
कमिटीको सचिवमा हंशधर राजवंशी, सहसचिवमा चुडामणी दाहाल र कोषाध्यक्षमा कल्पना राई चयन भएका छन्।
अधिवेशनले ६० सदस्यीय नगर कमिटी चयन गरेको हो भने अन्य ५ सदस्य पछि मनोनित गरिने पुकार राजबंशीले जानकारी दिए ।