सुरुङ्गा । 

नेकपा माओवादी केन्द्र कनकाई नगरको अध्यक्षमा यमनाथ सेडाई सर्वसम्मत चयन भएका छन् ।  अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार गुरुङ, दिलिप घतानी र रामबहादुर थापालाई सर्वसम्मत चयन भएका छन् ।  सचिवमा विष्णुप्रसाद विमली सहसचिवमा कृष्ण खतिवडा र कोषाध्यक्षमा लीला प्रसाई संग्रौला सर्वसम्मत भएका छन् । 

कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग बिजयको प्रमुख आतिथ्यत रहेको थियो । कार्यक्रममा निर्वाचन मण्डलकी संयोजक सारदा प्रसाई पाठकले निर्वाचन सम्पन्न गराएकी थिइन् ।

कार्यक्रममा क्षेत्रका जनमुक्ति सेनाका कमाण्डर सहिद, वेपत्तापरिवारहरुलाई सम्मान गरिएको थियो ।  सेडाईको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटि गठन गरेको छ ।