झापा । 

नेपाल क्युनिष्ट पार्टी (माओबादी केन्द्र) को प्रथम  अधिवेशनले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा प्रेम नेम्बाङलाई चयन गरेको छ । ५५ सदस्यीय गाउँ कमिटी रहने समितिको उपाध्यक्षमा 

 मात्रिका पौडेल, बिरेन्द्र घतानी र सुजन खतिवडा, सचिबमा रुद्र भण्डारी कोषाध्यक्षमा दिवा सापकोटा चयन भएका छन् । 

प्रेम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य, प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत मात्रिका पौडेलले गरेको कार्यक्रमको सञ्चालन दुर्गा ढुङ्गेलले गरेका थिए । सोही कार्यक्रमका बीच १३ जनाले अन्य पार्टी परित्याग गरी नेकपा माओबादीमा प्रवेश गरेका छन् । 

झापा गाउँपालिकामा भएको अधिवेशनले  अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। भेलाले अध्यक्षमा रुद्र बजगाई, सचिवमा खड्ग बस्नेत र कोषाध्यक्षमा यसोमती बान्तवा राईलाई सर्वसम्मत गरेको हो। मुख्य ५ पदका लागि तीन पदको टुङ्गो लागे पनि उपाध्यक्ष र उप–सचिवमा भने सर्वसम्मत हुन नसकेको निर्वाचन समितिका संयोजक सुन्दरलाल गणेशले जानकारी दिए।  गाउँपालिकामा अब नयाँ बन्ने कमिटि ५५ सदस्यीय हुनेछ।

रुद्र बजगाईंको अध्यक्षता र प्रदेश नं १ कमिटिका सदस्य जोतिरसिंह दर्लामीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन पूर्व संविधानसभा सदस्य तथा माओवादी केन्द्रकी नेत्री पुजा खनाल लगायतको उपस्थिती रहेको थियो।