मेचीनगर ।
प्रदेश न १ का सदस्य राम कार्की पार्थले स्थानीय सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बजेटको १०÷१० प्रतिशत लगानी गरे देशले केही समयमै बिकासले फड्को मार्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको देशब्यापी रुपमा भएको नगर तथा गाउँपालिकाको अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सदस्य कार्कीले त्यस्तो बताएका हुन् ।
बिश्वमा खाद्यान्नको अभाव शृजना भएको उल्लेख गर्दै नेकपा माओवादी केन्द्रका स्थानीय समिति सदस्यसमेत रहेका कार्कीले कृषि क्षेत्रलाई उत्पादनमुखी बनाए मात्र खाद्यान्नको जोह हुने र कृषकलाई राहत पुग्ने बताएका हुन् ।
नेता कार्कीले लोकतन्त्र, संघीयता, समावेशी प्रजातन्त्रको बारेमा चर्चा गर्दै माओवादी पार्टीका प्रत्येक सदस्यले आफ्नो घरबाटै लोकतन्त्रको अभ्यास गर्न सुझाव दिए । सबै जात जाती धर्म सम्प्रदायलाई समान व्यबहार गर्ने र सस्तो, पार्दशीता नै समाजवाद भएको उनको भनाई थियो ।
कार्कीले समाजबाटै आफुलाई माओवादीको रुप चिनाउने खालका उदाहरणीय काम गर्न पनि स्थानीय नेतालाई सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि कार्किले एमाले, काङ्ग्रेस परित्याग गरेका ३ सय ५० बढी नव प्रवेशिलाई खदा र अबिर लगाएर स्वागत गराएका थिए । नगर सदस्य गणेश मैनालीले बिपन्न १२ परिवारलाई स्वास्थ्य बिमा गराउन बिमा शुल्क थिए । कार्यक्रममा मेचीनगर –१२ का अध्यक्ष नरेन्द्र धिमाल, इन्दिरा कार्कीलगायतले सम्बोधन गरेका थिए ।
स्मिता बुढाथोकीले स्वागत गरेको कार्यक्रमको संचालन राजु दाहाल गरेका थिए ।