- उद्धव पुरी
झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले नगर तथा गाउँपालिकाको अधिवेशनको तयारी पूरा छ । पार्टीको मंसिर ११ गते (भोली) देशभर पालिका अधिवेशन गर्ने निर्णय बमोजिम झापाका नगर तथा गाउँपालिकामा प्रथम अधिवेशन गर्ने तयारी गरेको पार्टीका झापा संयोजक मणिकुमार साम्पाङ (विजय) ले जानकारी दिएका छन् ।
पार्टीले मंसिर ४ गते वडा अधिवेशन सम्पन्न गरेको थियो भने नगर तथा गाउँपालिकाको अधिवेशन मंसिर ११ देखि १४ गते सम्पन्न गर्ने गरी तयारी गरेको छ ।
पार्टीको नगर तथा गाउँपालिकामा अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिव एक, सह–सचिव एक र कोषाध्यक्ष एकसहित नगरमा ६५ र गाउँपालिका ५५ सदस्यीय नेतृत्व चयन हुनेछ ।
झापा संयोजक साम्पाङका अनुसार पार्टीले मंसिर ११ गते मेचीनगर, भद्रपुर, कचनाकवल, कनकाई, शिवसताक्षी, दमक, कमल, झापा, बाह्दशी, बुद्धशान्तिलगायतमा पालिका अधिवेशन गर्दैछ । अन्य बाँकीमा क्रमश गरिदै लाने तयारी गरेको उनले बताए । सवै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयनको तयारी गरिएको संयोजक साम्पाङले बताए ।
झापामा १३ हजारवढि पार्टी सदस्य रहेको उनले जानकारी दिए । त्यसैगरी शिवसताक्षी नगरपालिकाको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नगर अध्यक्ष महन्द्र भट्टराईले जानकारी दिए ।
पार्टीले मंसिर ११ गते देशभरका ७ सय ५३ वटै पालिकामा अधिवेशन गर्दैछ ।