शिवसताक्षी ।
नेकपा माओवादी केन्द्रको प्रथम शिबसताक्षी नगर अधिवेशन मङ्सिर ११ गते हुने भएको छ । शिबसताक्षी–११ स्थित सामुदायिक अध्यायन केन्द्रमा हुने प्रथम नगर अधिवेशनको तयारी धमाधम भइरहेको पार्टीका नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।
११ वडाको सम्मेलन मङ्सिर ४ गते सप्पन्न भइसकेको र नगर प्रतिनिधि समेत छानी सकेको अध्यक्ष भट्टराई ले जानकारी दिए ।
२ सय नगर प्रतिनिधि छनौट भएका छन् भने एकहजार ३ सय ७० पार्टी सदस्य रहेको नगरले नयाँ नेतृत्व छान्ने छ । नगर समिति ६५ सदस्य रहने जनाइएको छ।