झापा । 

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत हुन लागेको झापाको निर्वाचनमा प्रेम सम्वाहाम्फेले उपसभापति र टोम राजवंशीले सचिवमा उम्मेद्वारी घोषणा गरेको छन् । 

‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिकमा परिवर्तन’ भन्ने उदेश्यका साथ उनीहरु दुवैले राम कट्टेलको प्यानलबाट उपसभापति र सचिवमा उम्मेद्वारी दिएका हुन् । 

 उपसभापतिका उम्मेद्वार सम्बाहाम्फेले पार्टीको विभिन्न पदमा रहेर कुसलतापूर्वक कार्य सम्पादन गरेको बताए । उनले नेविसंघबाट राजनीतिक प्रराम्भ् गरेका थिए भने तरुण दलको मेचीनगरको संस्थापक अध्यक्ष समेत भएको बताए । पार्टीको ८ औ महाधिवेशनमा क्षेत्रिय कार्य समिति सदस्य ९ औ महाधिवेशनमा धुलाबारी गाविसको सचिव र मेचीनगरको सचिवमा रहेर कार्य गरेको बताए । त्यस्तै १०, ११ र १२ महाधिवेशनको मेचीनगरको सभापतिमा रहेका सम्बाहाम्फे वर्तमान झापा सचिव छन् । 

अर्का सचिवका उम्मेद्वार राजवंशी पूर्व तरुणदलको सचिव, उपसभापति तथा केन्द्रीय सदस्यमा समेत रहेर कार्यसम्पादन गरिसकेको बताउँछन् ।