बिर्तामोड ।
नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्र्तगत हुन लागेको झापा जिल्लाको अधिवेशनका लागि देउकुमार थेबे नेतृत्वको प्यानलले अन्य पदाधिकारीसहितको उम्मेद्वारी घोषणा गरेको छ ।
थेबे नेतृत्ब प्यानले बुधबार बिर्तामोडमा पत्रकार भेटघाटमार्फत उम्मेद्वारी घोषणा गरेको हो ।
मंसिर १० गते हुने निर्वाचनका लागि थेवे प्यानलको उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिब कृष्ण हुमागाई र नबिन बिमली र सह–सचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् ।
अन्य पदाधिकारीको भूगोलको आधारमा सन्तुलन मिलाइने जनाइएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटौला, केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, झापा सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन चित्रकला ओलीले गरेका थिए ।