- उद्धव पुरी
बिर्तामोड ।
नेपाली कांग्रेस झापाका सभापतिका उम्मेद्वार राम कट्टेलले पार्टीको जिम्मेवारीमा रहँदा शिर निहुरिन नदिने बताएका छन् । उनले त्यस्तो काम गर्ने जसले नेपाली कांग्रेसको शिर सधैं उच्च रहने बताएका हुन् ।
‘झापामा म होइन हामी सभापति हुनेछौं’ कट्टेलले भने ‘झापाका सवै स्थानीय तहमा कांग्रेसको झण्डा परफराउने छौं ।’ उनले आफु जिल्ला सभापतिमा प्रतिकको रुपमा मात्र उभिएको बताएका छन् । ‘पार्टीलाई दुरुपयोग गर्ने छैनौ’ उनले भने ‘मूल्याङ्कन यहाँहरुको हातमा छ ।’ उनले झापा पार्टीलाई सवै कांग्रेसको साझा पार्टी बनाउने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
मंगलबार बिर्तामोडमा राम कट्टेल जिताऊ अभियानको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कट्टेलले उक्त कुरा बताएका हुन् । सोहि कार्यक्रमका वीच कट्टेलले उपसभापतिका उम्मेद्वार सहिद राजन गिरीका पिता केदारसम्शेर गिरी र विश्वदीप लिङ्देनको समेत घोषणा गरेका थिए ।
स्वागत संविधानसभा सदस्य उषा गुरुङले गरेको कार्यक्रममा कांग्रेसका प्रबत्ता तथा महामन्त्रीका उम्मेद्वार विश्वप्रकाश शर्माले निर्वाचन सकेसम्म सर्वसम्मत् गरिने बताए । सर्वसम्मत् नभए सवै लाइनमा बसेर भोट हाल्ने बताएका छन् । उनले ११ गते आउने नतिजापछि पार्टी हार्दिकताका साथ एकताबद्ध हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा नेता सुरेश सुब्वा, केन्द्रीय सदस्य गोपालकुमार बस्नेत, पूर्वमन्त्री बीरमणि ढकाल, प्रवत्ता तथा महामन्त्रीका उम्मेद्वार शर्मालगायतले राम कट्टेल र उनको प्यानलका उम्मेद्वार स्वच्छ छबि र सालिन भएकाले जिताउन सवैमा आग्रह गरेका छन् । तारावीर कटुवालको सभापत्विमा भएको कार्यक्रममा नेता जलकुमार गुरुङ, शेरबहादुर थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन तेजप्रसाद चौलागाईले गरेका थिए । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत झापाको निर्वाचन मंसिर १० गते अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारमा हुदैछ ।