पथरी । 

९ औँ राष्ट्रिय महाधिवेशनमा झिनो मतान्तरले पछि परेका युवा नेता युवराज बास्कोटाले यसपटक पनि नेकपा (एमाले) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

लामो समयसम्म प्रवास क्षेत्रको पार्टी कामको प्रतिनिधित्व गर्दै आएका बास्कोटा महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलका उम्मेदवार थिए । गएको ८ वर्षयता देशभित्रको पार्टी काममा निरन्तर जोडिएका बास्कोटा अध्यक्ष ओलीको राजनीतिक–बैचारिक लिगेसीमाथि उभिएर दर्विलो तर्क गर्ने नेताका रूपमा गनिन्छन् ।

आउँदो १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औँ राष्ट्रिय महाविशेनमा नेता बास्कोटाले खुल्ला अथवा भूगोल कुनै पनि एउटा क्षेत्रबाट केन्द्रीय सदस्यमा लड्ने भएका हुन् । 

नेपाली कम्युनिष्ट आन्दोलनले प्रयोग र विकास गरेको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त– जनताको बहुदलीय जनवादले पहलकदमी र प्रतिस्पर्धाको माहौलबाट सर्वश्रेष्ठता आर्जन गर्ने कुरालाई जोडतोडका साथ उठाए पनि परस्पर संवाद र सहमति पनि लोकतान्त्रिक आचरण, चरित्र र यसको अभिन्न अंगका रूपमा विकास भएको ठान्दछन् । आफू केन्द्रीकृत अभिव्यक्ति स्वयंमा सहमतिको बाधक हो भन्दै प्रतिनिधि चयनको प्रक्रियामा समेत आकांक्षी साथीहरूका लागि आफू ब्याक भएर सहमतिका लागि मार्गप्रशस्त गरेका बास्कोटालाई सहमतिकै प्रक्रियाबाट केन्द्रीय नेतृत्व निर्माण गर्ने कुरामा पनि उत्तिकै मञ्जुर रहेका उनी बताउछन् ।

बहुदलीय राजनीतिको जगबाट राजनीतिक जीवन आरम्भ गरेका बास्कोटा पार्टी कामको सन्दर्भमा देश–बिदेशको अनुभव आर्जन गरेका छन् । छलछामयुक्त, काइते र घुमाउरा कुरामा होइन, विषयगत कमाण्ड सहित सार्वजनिक जीवनमा समेत पेश हुने उहाँ २०५१ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका हुन् ।