बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिर्तामोड नगरपालिका वडा नं. ४ को प्रथम अधिवेशन शनिवार बिर्तामोडमा भएको छ ।
वडा नं. ४ अध्यक्ष गोपिकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रकी केन्द्रिय सदस्य, प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्च झापाका कृष्णप्रसाद उप्रेती, बिष्णु संग्रौला, जनयुद्ध बर्गमुक्ति आन्दोलनका योद्धा लक्ष्मी परियार र रञ्जित जवेगुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि चापागाई, झापा कार्यालय सदस्य कुबेर श्रेष्ठ(अरुण), जेवी जबेगुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत वडा नं. ४ का सदस्य दुर्गा चेम्जोङले गरेको कार्यक्रममा प्रदेश नं. १ कमिटी सदस्य तथा विज्ञान तथा प्रविधि प्रमुख सीपी कडरिया, जिल्ला सचिवालय सदस्य बासु दुलाल, नगर कार्यालय सदस्य जनबहादुर जवेगुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रज्वल कडरियाले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने निर्वाचन समितिका सदस्य तारा दुलालले जानकारी दिइन् ।