अर्जुनधारा ।
नेपाली काङ्ग्रेस १४ औ महाधिवेशन अन्तर्गत झापा क्षेत्र न २ (ख) को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा गंगाप्रसाद मैनाली, पहलमान बराल, सचिवमा कृष्णबहादुर थापा, डिल्लीप्रसाद सापकोटा सह सचिवमा गोपाल चौधरी, रामचन्द्र खतिवडा निर्वाचित हुभएका छन् ।
महिला खस आर्य आरक्षणमा पुर्णिामा सिटौला, बिष्णु मैनाली उप्रेती, मेनुका ओलि, प्रतिनिधि सदस्य खुल्लातर्फ जयकुमार दाहाल, किरण शिवाकोटी, नरहरी चापागाईं, मनोज प्रसाईं, मदन थापा, रुद्रप्रसाद चापागाईं, जीवन कुमार पोख्रेल निर्वाचित भएका छन् ।
खस महिला आरक्षणमा कन्चन कुमारी काफ्ले समाबेशी खस आर्य खुल्लातर्फ भरत बुढाथोकी, तारानाथ काफ्ले आदिवासी आरक्षणमा महिलामा लक्ष्मी श्रेष्ठ र आदिवासी खुल्लामा कर्णबहादुर तामाङ, दलित आरक्षणमा राजकुमार बराइली र अल्पसंख्यकको तर्फबाट रमेश कुमार मिन्त्री निर्वाचित भएका छन् ।
कुल तीन सय चौध मतमा तीन सय बार मत खसेको थियो भने निर्वाचन सभापतिका प्रत्यासी उमेदवार बिशाल थापाले १ सय २५ मत ल्याएका थियो भने किरण श्रेष्ठले १सय ८१ मत ल्याइ ५६ मतको अग्रता साथ सम्पुर्ण टिम नै बिजय भएको निर्वाचन समितिले जानकारी दिएको छ । कार्यक्रम अर्जुनधारा पार्टी कार्यालयमा सप्पन्न भएको थियो ।