झापा । 

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) प्रदेश नं. १ कमिटी सदस्य, बिज्ञान तथा प्रबिधि बिभाग प्रमुख तथा युवा नेता सीपी कडरियाले माओबादी हिंसाबाट आएको भन्नेलाई कडा जवाफ दिएका छन् । 

हल्दिबारी–२ को प्रथम अधिवेशनमा प्रमुख अतिथि समेत रहेका युवा नेता कडरियाले नेकपा एमाले र नेपाली कांग्रेस पनि हिसात्मक सघर्षबाटै आएको बताए । उनले उनीहरुको हिसात्मक स्पष्टता राजनीतिक कार्यदिशा र कार्यक्रम नभएकाले त्यो हिसात्मक निर्णायक बन्न नसकेको बताए । ‘उनले राजनीतिक इतिहासमा सहिद लखन थापादेखि माओबादी जनयुद्धसम्म आउँदा दर्जनौ शसस्त्र सर्घषहरु भएका छन्’ नेता कडरियाले भने ‘शसस्त्र सर्घषका स्प्रिटहरुलाई त सम्माननै गर्नुपर्छ, तर ती कुनैपनि शसस्त्र संघर्षहरु राजनीतिक परिवर्तन हिसाबले निर्णायक बन्न सकेनन् ।’ 

cp1

परिवर्तनको क्षेत्रमा निर्णायक पहल कदमी माओबादी जनयुद्धले मात्र लिन सकेको उनको भनाई थियो । नेता कडरियाले माओबादीको जनयुद्ध मात्र स्पष्ट कार्यदिशा र कार्यक्रमद्धारा निर्देशित भएको बताउँदै त्यसैले शसस्त्र संघर्ष निर्णायक बन्न सफल भएको बताए । 

हल्दिबारी २ को अधिवेशनले अध्यक्षमा खकेन राजबंशीलाई चयन गरेको छ । २९ सदस्य रहेको कमिटीको उपाध्यक्षमा गणेश मगर, सचिवमा सारदा चौलागाईं, सहसचिवमा लखिराम टुडु र  कोषाध्यक्षमा रचना कुलुङ्ग सर्वसम्मत चयन भएका छन् ।  खकेन राजबंशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टिका राउतले गरेका थिए ।