बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिर्तामोड –४ को अध्यक्षमा पुनः गोपिकृष्ण अधिकारी चयन भएका छन् । बिर्तामोडमा शनिबार भएको प्रथम अधिवेशनले २९ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा धनसिंह राजबंशी, सचिबमा राकेशकुमार सिंह, सह–सचिबमा प्रज्वल कडरिया र कोषाध्यक्षमा शारदा कडरिया चयन भएका पार्टीका झापा सचिवालय सदस्य बासु दुलाले जानकारी दिए ।
त्यसैगरी सदस्यमा अर्जुनकुमार सुवेदी, गोबिन्द राजवंशी, बिक्रम राई, सिताराम गौतम, खेमनाथ अधिकारी, टीका भट्टराई, इन्द्र कट्टेल खवास, बिष्णुप्रसाद संग्रौला, राजन बिश्वकर्मा, दिनेश घतानी (बिक), टेकबहादुर सापकोटा चयत भएका छन् ।
त्यस्तै सदस्यमा हिराकाजी थापा, शशीधर भट्टराई, सुरेशकुमार बस्नेत, अमित पाठक, सुरेश राजवंशी, देबीप्रसाद नेम्वाङ, नम्रता शाशंखर, रञ्जिता जबेगु, भुमिकादेबी उप्रेती, श्यामकुमारी मिश्र (बास्कोटा) निर्मला कट्टेल र लक्षिमा दर्नाल चयन भएका छन् । कमिटीको पहिलो वैठकले एक सदस्य थप गर्ने जनाइएको छ ।