• सुदिप गिरी 

गोलधाप । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत झापा क्षेत्र नं ३ प्रदेश (ख) को निर्वाचनमा सभापतिमा तुलसी ओली सभापतिमा निर्वाचित भएका छन् ।  

शुक्रबार गोलधापमा सम्पन्न निर्वाचनमा सभापतिमा  ओली २ सय ३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ओमप्रसाद गौतमले ८२ मत मात्र प्राप्त गरेका थिए ।

उपसभापतिमा टेकबहादुर सिह राजवंशीले २ सय ६१ मत प्राप्त गरेर विजयी बनेका छन् भने पहलमान श्रेष्ठले २ सय ४३ मत र  गोपालचन्द्र राजवंशीले ८२ मत ल्याएका  छन् । त्यस्तै सचिबमा   प्रकाश राजवंशीले २ सय ६४ मत र अर्जुन सिटौलाले २ सय ५५ मत ल्याएर बिजय भए भने सकिल अख्तरले ७२ मत मात्र पाएका थिए। सह सचिवमा खगेन्द्र सुवेदीले २ सय ५१ मत,  गंगाप्रसाद उप्रेतीले २ सय ४६ मत प्राप्त गरी बिजय बनेका छन् भने रामेश्वर चौधरीले ८२ मत मात्र पाएका छन्।

त्यस्तै महिला सदस्यहरू लगायत अन्य सबै पदकामा निर्बिरोध चयन गरेको निर्वाचन समितिले जानकारी दिए । प्रदेश निर्वाचन क्षेत्र नं ३ (ख) मा ३ सय ३४ जना क्षेत्रिय प्रतिनिधिमा ३ सय २३ जनाले मतदान गरेका थिए । त्यस मध्ये बिर्तामोड १० बाट २ जना, भद्रपुर ७ बाट १ जना र बाह्दशीबाट ८ जनाले मतदान नदिएको निर्वाचन समितिले जनाएको  छ  ।