बिर्तामोड ।
संघीय लिम्बुवान मञ्च नेपाल झापाले विकृति विसङ्गति विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने भएको छ । मञ्चले भष्ट्राचार, कालाबजारीविरुद्ध विभिन्न कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्दै प्राकृतिक सम्पदाको संरक्षणलगायतका अभियान सुरु गर्ने भएको हो ।
मञ्चको झापाको बिर्तामोडमा सम्पन्न छैटौ अधिवेशनद्धारा चयन भएको झापा जिल्ला कार्य समितिले शुक्रबार बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा सो कुरा जानकारी दिएको हो ।
अधिवेशनले नगेन्द्र राईको अध्यक्षतामा झापा कार्य समिति चयन गरेको छ । ६१ सदस्यीय कार्य समिति रहने मञ्चमा ३६ सदस्य समिति चयन भएको छ भने अन्य सदस्य समितिको बैठकले आवश्यकताका आधारमा थप्दै जाने अध्यक्ष राइले जानकारी दिए ।
त्यसैगरी समितिको बरिष्ठ उपाध्यक्षमा अमित राई, उपाध्यक्षमा राजा आङथुपो, बबिता राई, नारायण तामाङ। प्रेम थेबे, करण योङहाङ सचिबमा तिर्थराज पौडेल, विकास ठाडामगर र कृष्णबहादुर सेन्दाङलाई चयन गरेको छ ।
त्यस्तै सदस्यमा रामबहादुर लिम्बु, दयासागर आचार्य, प्रेमकुमार लिम्बु फोम्वो, दलकुमार शेर्मा, विएम लक्सम्बा, सुभानसिं लिम्बु, जयप्रकाश धिमाल, सुनिल राई, बुद्धवीर गुरुङ, ललीत तुम्रोक, प्रदिप राई, सोनाहाङ राई, खड्ग बोखिम, टेकबहादुर तुम्सा, चन्द्रकला नेयुङ, मेघराज इधिङ्गो, राम राई, जनम चेम्जोङ, अर्जुन लावती, टिकाराम योङहाङ, दिनेश शिवा, मानबहादुर फियाक, चक्र खेवा, चन्द्र साम्सोहाङ, लाखबहादुर लिम्बु र जहरमान फागो चयन भएका छन् ।
अध्यक्ष राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा निबर्तमान अध्यक्ष धनबहादुर पन्धाकले नयाँ समितिलाई कार्यकाल सफलताको शुभकामना दिदै समितिलाई माइन्युट प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन सचिब पौडेलले गरेका थिए ।