बिर्तामोड । 

संघीय लिम्बुवान मञ्च नेपाल झापाको छैटौ अधिवेशनले अध्यक्षमा नगेन्द्र राईलाई सर्वसम्मत चयन गरेको छ । ६१ सदस्यीय जिल्ला समिति रहने समितिको वरिष्ठ उपाध्यक्षमा अमित खम्बु, उपाध्यक्षमा राजा आङ्थुपो, बबिता राई, नारायण तामाङ, प्रेम थेबे र करण योङहाङलाई सर्वसम्मत चयन गरेको छ । 

त्यस्तै सचिबमा तिर्थराज पौडेल, बिकास ठाडामगर र कृष्णबहादुर सेन्दाङ चयन भएका छन् । ३६ जना सर्वसम्मत चयन  भएको समितिमा अन्य सदस्यहरु बैठकले मनोनित गरिने निबर्तमान अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिए । 

समितिको पहिलो बैठकले सदस्य मध्येबाट कोषाध्यक्ष चयन गर्ने बताइएको छ । त्यसैगरी अधिबेशनले केन्द्रिय सचिवालय सदस्यमा धनबहादुर पन्धाक र केन्द्रिय सदस्यमा ज्वाला इम्बुङ र राजकुमार फागोलाई सर्वसम्मत चयन गरेको जनाइएको छ ।