- सुदिप गिरी
हल्दिबारी
हल्दिबारी –२ का युवा नेता तुलसी ओलीले नेपाली काङ्ग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नं ३(ख) प्रदेश क्षेत्रीय कार्य समिति सभापतिमा प्यानलसहित उमेद्वारी दिएका छन्।
क्षेत्र नम्बर ३ प्रदेश ख मा आज बिहान ९ बजे देखि उम्मेद्बारी दर्ता शुरु भएको निर्वाचन समितिले जनाएको छ । हल्दिवारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, बिर्तामोड वडा नं. १० र भद्रपुर–७ का ३ सय ३४ जना प्रतिनिधिहरुले मतदानमा भागलिने छ्न् ।
उनलाई हल्दिबारी कांग्रेस सभापति गंगाप्रसाद उप्रेतीले प्रस्ताव गरेको र बाह्रदशी कांग्रेस सभापति इन्द्र बस्नेतले समर्थन गरेका छन्। उनको टिममा उपसभापतिमा टेक बहादुर राजवंशी र पहलमान श्रेष्ठ, सचिवमा अर्जुन सिटौला र प्रकाश राजवंशी, सहसचिवमा गंगाप्रसाद उप्रेती र खगेन्द्रप्रसाद सुवेदीले पदाधिकारीमा उम्मेद्बारी घोषणा गरेका छ्न् ।
ओलीले नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि, नगर सभापति र गाउँ सभापति तथा वडा सभापतिसहित सम्पूर्णमा अत्याधिक मत दिएर प्यानल विजयी गराइदिन अनुरोध समेत गरेका छन् ।
भोली मंसिर ३ गते गोल्धापमा सम्पन्न हुने निर्वाचनमा ओलीको प्यानल बिजयी हुने ठहर आम मतदाता को रहेको छ । नेपाली कांग्रेसको आगामी मंसिर ०६ गते क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँदैछ।