बिर्तामोड ।
संघीय लिम्बुवान मञ्च नेपाल झापाको छैटौ अधिवेशन बिर्तामोडमा भएको छ । मञ्चका झापा अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष कुमार लिङ्देन (मिराक) को प्रमुख आतिथ्यमा विहीबार अधिवेशन भएको हो ।
स्वागत मञ्चका झापा बरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले गरेको कार्यक्रममा प्रमुख अतिथि मिराक, केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, केन्द्रिय सचिवालय सदस्य भक्त मेयाङ्बो, केन्द्रिय सदस्य दिलु लिङ्देन लावती, मञ्चका पाँचथर अध्यक्ष चन्द्रराज आङ्दम्बे, मोरङ अध्यक्ष जीवन खेवा, मञ्चका बिद्यार्थी नेता मोहन माबो, दलित मुक्ति मञ्चका बलराम सदा, नेकपा एमालेका सचिवालय सदस्य शिव ढुङ्गेल, नेता मर्वुक आलमलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
लिम्बुवानी नृत्य, प्रहसन प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव राजा आङ्थुपोले गरेका थिए । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । मञ्चको अध्यक्षमा नगेन्द्र राई, राजा आङ्थुपो, अमित खम्बु, ज्वाला राई र तिर्थ पौडेलले दाबी गरेका छन् ।