विर्तामोड  ।

 नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन अन्तरगत मंसिर २ र ३ गते हुने प्रदेशसभा क्षेत्रीय निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

झापाका १० प्रदेशसभा क्षेत्रमा तोकिएको कार्यतालिका अनुसार एकै समयमा हुने निर्वाचनका लागि मतदान अधिकृतहरुलाई आवश्यक सामग्रीसहित मतदान स्थलमा पठाइएको छ ।

बुधबार विहान नेपाली कांग्रेस झापाको कार्यालयमा जिल्ला निर्वाचन समितिद्वारा आयोजित  निर्वाचन निर्देशिका, पार्टी विधानबारे प्रशिक्षण दिदै जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले पार्टीको आन्तरिक चुनाव निश्पक्ष रुपमा सम्पन्न गर्न खटिएका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका छन् । 

समाजवादी पार्टीको निर्वाचनमा प्रचार शैली समेत भड्किलो नबनाउन प्रदेश सभा, क्षेत्रीय र जिल्लाका उम्मेद्वारहरुलाई आग्रह गर्दै उनले विधान र निर्देशिका बमोजिम सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न मतदान अधिकृतहरुलाई आग्रह ग्ेका छन् ।