- सुदिप गिरी
हल्दिबारी ।
नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ को केन्द्रिय महाधिवेशन प्रतिनिधिमा युवा नेता कृष्णप्रसाद प्रसाईंले उम्मेद्वारी घोषणा गरेका छन् ।
विद्यार्थी राजनीतिबाट नेतृत्व सम्हाल्दै पार्टी राजनीतिमा आएका प्रसाईं राजनीति सगैं, समाज सेवामा पनि एकदमै तल्लीन छन्। नेपाली कांग्रेसको सक्रिय सदस्य उनी झापाका एक प्रसिद्व उधोगी तथा ब्यवसायी पनि हुन्।
हल्दिबारी उधोग बाणिज्य संघलगायत विभिन्न सामाजिक संघसंस्थाको कुशलतापूर्वक नेतृत्व सम्हाल्दै आएका प्रसाईं युवा जागरण अभियानमा लोकप्रिय मानिन्छन् । दक्षिणी झापाको समृद्धिका लागि अभियानमा सकृय उनी गएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट हल्दिबारी वडा नं. २ वडा अध्यक्षको उम्मेदवार समेत रहेका थिए ।
प्रसाईंले नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि, नगर सभापति तथा वडा सभापति सहित सम्पूर्णमा अत्याधिक मत दिएर विजयी गराइदिन अनुरोध समेत गरेका छन् । नेपाली कांग्रेसको आगामी मंसिर ०६ गते सम्पन्न हुने महाधिवेशन प्रतिनिधि निर्वाचन हुँदैछ ।