बिर्तामोड । 

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत झापा जिल्लामा हुन गइरहेको निर्वाचनका लागि  पार्वता गिरीले सदस्य पदमा उम्मेद्वारी दिएकी छिन् ।

नेपाली कांग्रेसकी सक्रिय महिला नेतृ गिरीले जिल्ला सदस्य नगर कोटाबाट उम्मेद्वारी दिएकी हुन् । गिरी राजनीतिक र सामाजिक कार्यमा एकदमै सक्रिय महिला नेतृको रुपमा झापामा  परिचित छिन् ।

गिरी यसअघि पनि जिल्ला सदस्यमा रहेकी थिइन् भने बिर्तामोड नगरपालिकाको उपमेयरमा थोरै मतले पराजित बनेकी थिइन् । गिरीले नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि, नगर सभापति तथा वडा अध्यक्षसहित सम्पूर्णमा अत्याधिक मत दिएर विजयी गराइदिन  अनुरोध समेत गरेकी छिन् ।  नेपाली कांग्रसको जिल्ला अधिवेशन मंसिर १० गते हुँदैछ ।  

parbata didi