सुरुङ्गा।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले पार्टीको आन्तरिक महाधिवेशन र नेतृत्व छनौट प्रक्रियालाई विपक्षी दलसँगको लडाई जस्तो नबनाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस कनकाई नगरपालिका –९ नं वडाको आयोजनामा आइतबार सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय निर्वाचनमा एमालेसँग चुनावी भिडन्त गर्नुपर्ने भएकोले आन्तरिक छनौट प्रक्रियामा मित्रवत ब्यवहार गर्न प्रतिष्पर्धी उम्मेद्वारहरुलाई अपिल गरेका हुन् ।
पार्टीमा अहिलेसम्म गरेको काम र योगदानको मूल्याङ्कन गरेर योग्य, सक्षम र क्षमतावान नेतृत्वलाई विवेकपूर्ण मतदान गर्न सभापति थापाले कार्यकर्तासँग अनुरोध समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेस झापा प्रचार विभाग प्रमुख कृष्ण हुमागाई, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, शेरबहादुर थापा, टीका प्रसाई, खड्ग प्रसाई, दीपक तामाङ, हस्त परियार, दिपेन्द्र ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
मोहन राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्र चुडालले गरेका थिए ।