झापा । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश नं. १ को अध्यक्षमा भक्ति सिटौलालाई नेता विश्वमोहन थापाले सहयोग गर्ने भएका छन् । 

नेता थापाले पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै राप्रपालाई साझा पार्टी बनाउने लक्ष्यका साथ प्रदेश नं. १ को अधिवेशनमा अध्यक्ष पदमा सिटौलालाई सहयोग गर्ने प्रेस बक्तब्य जारी गर्दै जनाएका छन् । 

उनले सिटौला पार्टीका अब्ब्ल, साहसिक र निष्ठावान नेता भएकाले  प्रदेश अध्यक्ष बनाउन पाउनु पार्टीको अहोभाग्य सम्झनु पर्ने बताएका छन् । उनले त्यस कारण पनि आफुले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको गरेको बताएका छन् । 

थापाको यो घोषणा संगै प्रदेश १ को अध्यक्ष पदमा दुई प्रभावशाली नेता राम थापा र भक्ती सिटौला चुनावी मैदानमा देखिने भएका छन् । प्रदेश अधिवेशन आज (आइतवार)  कात्तिक २८ र भोली २९ गते दमकमा सम्पन्न हुँदैछ ।