- सदिप गिरी
हल्दिबारी ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि झापा क्षेत्र नं. ३ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट हुन नसकेपछि निर्वाचन गरिएको छ । निर्वाचन परिचालन तथा सहजीकरण समितिका अनुसार खुलातर्फ ६ जना र महिलातर्फ २ जनाका लागि निर्वाचन गरिएको जानकारी दिएका छन् ।
हिजो शनिबार भएको निर्वाचनमा जम्मा खसेको मत २ हजार ८ सय ७२ मध्ये २ सय १९ मत बदर भएको जनाइएको छ भने २ हजार ६ सय ५३ मत सदर भएको छ।
उक्त मत परिणाम अनुसार एकहजार ९ सय ९ मत बसन्तकुमार बानियाँ १ हजार ६ सय १७ मत लक्ष्मण पाठक १ हजार ४ सय ६४ मत जीवनकुमार श्रेष्ठ १ हजार ४ सय ५१ मत डम्बरबहादुर गिरीले प्राप्त गरेका छन् ।
त्यस्तै १ हजार १ सय ५४ मत तिलबहादुर राई गरी ५ जना निर्वाचित भएका छन् भने हरीप्रसाद तिम्सिना र मोहन चन्द्र रेग्मी १ हजार ५५मतसहित बराबर भएको कारण दुबै जनालाई सहभागी हुन सिफारिस गर्ने सहमति भएको छ। महिला तर्फबाट शुभलक्ष्मी राई १ हजार ७ सय ११ र चन्द्रमाया श्रेष्ठ १ हजार १९ मतले निर्वाचन भएका थिए । यस अघि नै जिल्ला दलित प्रतिनिधि सर्वसम्मत भइसकेका जनाइएको छ।