मेचीनगर । 

मेचीनगरमा नेकपा माओवादी केन्द्रको सदस्य संख्या ५ हजार दुई सय पुगेको छ । नगर संयोजक पुष्प गुरागाईंका अनुसार शनिबार दिउँसोसम्म पार्टी सदस्यता लिनेको संख्या ५ हजार दुई सय पुगेको हो ।

माओवादी केन्द्रले अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । पछिल्लो दिनमा सिस्टममा आएको समस्याले गर्दा आवेदनको पूर्ण विवरण संकलन भइनसकेको नगर संयोजक गुरागाईंले जानकारी दिए । अन्तिम विवरण आउँदा सदस्यता संख्या बढ्न सक्ने उनको भनाइ छ ।

सर्वोच्च अदालतको आदेशअनुसार तत्कालीन नेकपा खारेज भएर नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि संगठन विस्तार तथा सदस्यता वितरणमार्फत संगठनलाई सुदृढ बनाउन लागेको उनले बताए । 

नगरमा सबै भन्दा बढि वडा नम्बर( १२ मा ८४० जनाले सदस्यता लिएका छन । पार्टिको केन्द्रीय निति अनुसार वडाको भेला मंसिर ४ गते सम्म सक्ने योजना भएको र मंसिर ११ गते भने नगरको भेला रहेको संयोजक गुरागाईंले बताएका छन ।