- उद्धव पुरी
बिर्तामोड ।
संघीय लिम्बुवान मञ्च नेपाल झापाले छैटौ जिल्ला अधिवेशन मंसीर २ गते बिर्तामोडमा गर्ने भएको छ । मञ्चले शनिवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै अधिवेशनको तयारी वारे जानकारी दिएको हो । अधिवेशन सम्पन्न गर्नका लागि मञ्चले विभिन्न उपसमिति निर्माण गरेको छ ।
मञ्चले आर्थिक उप समितिको संयोजकमा अमित खम्बु् र सदस्यमा तिर्थराज पौडेल र बुद्धिमान तामाङ, स्टेज ब्यवस्थापन तथा अतिथि सत्कार संयोजकमा ज्वाला इम्बुङ सदस्यमा नारायण तामाङ र शिबकुमार राई, प्रचारप्रसार÷जनपरिचालन÷ यातायात ब्यवस्थापन संयोजकमा राजा आङथुपो सदस्यमा विजय ठाडामगर, कृष्णबहादुर सेन्दाङ, लीलानाथ आङदेम्बे, बिक्रम चेम्जोङ, अमर माबोहाङ र प्रताप निङलेखु रहेका छन् ।
मञ्चका राष्ट्रिय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा सम्पन्न हुने अधिवेशनमा मञ्चका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष ज्ञानबहादुर इङबुङ र प्रदेश नं. १ की सामाजिक विकास मन्त्री विष्णुमाया तुम्बाहाम्फेको विशिष्ठ आतिथ्यता रहने मञ्चका झापा अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिए ।
मञ्चको मंसीर २ गते हुने अधिवेशनमा अध्यक्ष पदका लागि ५ जना आकांक्षी भएका छन् । अध्यक्ष पदका लागि हालका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष ज्वाला इम्बुङ, उपाध्यक्ष अमित खम्बु, सचिब आङथुपो र सचिव तिर्थराज पौडेलले आ–आफ्नो उम्मेद्वारी पत्रकार सम्मेलनमै घोषणा गरेका छन् ।
अधिवेशनका लागि अनुमानित १० लाख खर्च हुने र उक्त खर्च जिल्लाभरका ७ हजार सदस्यबाट साथै विभिन्न संघ÷संस्थाबाट जुटाइने अध्यक्ष पन्धाकले जानकारी दिए ।
भिडियो पनि