- सुदिप गिरी
हल्दिबारी ।
नेकपा एमालेमा दशौँ राष्ट्रिय महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् ।
त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २ सय २५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् । नेकपा एमालेको झापाबाट १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएका छन् ।
यसैगरी दलित आरक्षणमा झापाबाट सोमनाथ पोर्तेल, छविलाल विश्वकर्मा र जसमाया गजमेर सर्वसम्मत चयन भएका छन् । जसमाया गजमेर पूर्व राज्यमन्त्री समेत हुन् ।
झापाबाट ४७ जनाले महाधिवेशन प्रतिनिधि बन्न पाउने छन् । सर्वसम्मत भएको बाहेकका प्रतिनिधि चयन गर्न आज शनिवार जिल्लाभर निर्वाचन भईरहेको छ।