बिर्तामोड ।
नेपाली कांग्रेस झापाको १३ औं महाधिवेशनले नै १४ औं महाधिबेशनको सभापतिमा अन्य ब्यक्तिको नाममा सहमति भई हस्ताक्षर भइसकेको भन्ने गलत प्रचार भएको जनाइएको छ ।
नेपाली कांग्रेस झापा राम कट्टेललाई बिजयी गराऔं अभियानको सचिवालयले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै कमजोर मनस्थितिबाट ग्रसित समाचार केहि सञ्चार माध्यमबाट फैलाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका वडा सभापति, क्षेत्रिय प्रतिनिधि र सदस्यहरु बीचमा भ्रम सिर्जना गर्न खोजिएको राम कट्टेल जिताउ अभियानले बताएको छ । नेपाली कांग्रेस झापा उपसभापति रहेका राम कट्टेलले १४ औ महाधिवेशनको लागि झापा सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् ।
अभियानले स्वच्छ छबी, सवल ब्यक्तित्वका धनि राम कट्टेललाई साझा उम्मेद्वारको रुपमा विजयी गराउन सवै समक्ष आग्रह गरेको छ । नेपाली काँग्रेस झापामा सामूहिक नेतृत्व, समान अवसर तथा गतिशील संगठन निर्माणका लागि कट्टेलको उम्मेद्वारी आवश्यक रहेको जनाएको छ । ‘स्वच्छ छबि, सबल ब्यक्तित्व र सुदृढ संगठन हाम्रो आव्हान राम कट्टेललाई जिताउने सवैको अभियान’ भन्ने मुल नाराका साथ कट्टेलको उम्मेद्वारी घोषणा भएको छ ।
पत्रकार सम्मेलनमा बितरीत प्रेस विज्ञप्तीमा ९ वटा बुँदामा तत्कालीन अवस्थामा सहमति भएको देखिन्छ । जसमा कुनै बुदामा पनि नेता थेबेलाई १४ औं महाधिवेशनमा सभापति बनाउने भन्ने उल्लेख छैन । उक्त सहमति पत्रमा देउमान पक्षबाट डिल्लीप्रसाद सिटौला, शुधिरकुमार शिवाकोटी र अर्को पक्ष बाट बिश्वप्रकाश शर्मा र गोपाल कुमार बस्नेतको हस्ताक्षर रहेको उल्लेख छ ।
पत्रकार सम्मेलनमा प्रबक्ता लोकराज ढकाल, संबिधानसभा सदस्य उषा गुरूङ, जिल्ला सचिब प्रेम सम्बाँम्फे, ताराबिर कटुवाल, क्षेत्रिय सभापति मणिकुमार उप्रेती, तेजप्रसाद चम्लागाई, देबेन्द्र गौतम, नारायण गिरी, अभियानका सचिवालय संयोजक पुष्पराज पौडेललगायतको उपस्थिति रहेको थियो ।