झापा । 

नेपाल कम्युनिष्ट पार्टी एमालेको आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म हुन गहिरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि झापा क्षेत्र नं.३ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा डम्बरबहादुर गिरीले उमेरद्वारी दर्ता गराएका छन्।

नेकपा एमालेको दशौं राष्ट्रिय महाअधिबेशन प्रतिनिधिका लागि   झापा क्षेत्र नम्बर ३ बाट खुल्लातर्फ ६ जना र महिला तथा आरक्षणतर्फ २ जना गरी ८ जनाको प्रतिनिधित्व हुने भएकोमा २३ जना खुल्लातर्फ र ९ जना महिला तथा आरक्षण तर्फको उमेरद्वार गरी जम्मा ३२ जनाले बिहिवार महाअधिबेशन प्रतिनिधिको उमेरद्वारीको दर्ता गरेका हुन्। 

 आगामी कार्तिक २७ गते बिहान ८ बजेदेखि २ बजे सम्म प्रतिनिधि छनोटको निर्वाचन हुने कार्यक्रम रहेको छ। हल्दिबारी –३का स्थानीय डम्बरबहादुर गिरी नेकपा एमालेलाई सुदृढ, संगठित र चलायमान गर्ने युवा ब्यक्तित्वका रुपमा परिचित छन् । चाहे माओबादी र नेकपा एमाले एकीकृत हुँदा होस् या नेकपा एमाले र एकीकृत समाजबादी बिभाजन हुदाँ होस् उनले क्षेत्र नं.३ मा एमाले एकीकृत गर्ने र जोगाईराख्ने काममा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

हाल झापा जिल्ला सदस्य रहेका गिरी हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष समेत हुन्। बच्चादेखि बृद्वबृदासम्ममा लोकप्रिय  युवा गिरी हल्दिबारीको बिकास निर्माणको कार्यमा सधैं तल्लीन छन्।