शिवसताक्षी । 

 नेपाली कांङ्ग्रेसका नेता देउमान थेबेले आसन्न अधिबेशनमा झापा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । झापाको शिवसताक्षीमा उनले बुधबार उम्मेद्वारी घोषणा गरेका हुन् ।  

१३ वटा पालिकाका कांङ्ग्रेस सभापतिहरु,  ४ क्षेत्रीय र ९ प्रदेश क्षेत्रीय सभापतिहरुको समर्थन तथा उपस्थिति साथै   क्षेत्रीय प्रतिनिधि एवं केन्द्रीय र जिल्लाका नेताहरुको उपस्थितिमा थेबेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् । 

 आफ्नै निर्वाचन छेत्रबाट कार्यकर्ता भेटघाट तथा उम्मेद्वारी घोषणा कार्यक्रमलाई  सम्बोधन गर्दै देउमान थेबेले १३ औ महाधिवेशनमा नेताहरुको आग्रहमा सभापतिको दावीबाट पछि हटेको बताए । १४ औ महाधिवेशनमा आफुलाई सभापति बनाउने त्यसबेलाको सहमतिमा नेताहरु समर्थन यथावत रहेको थेबेले बिश्वास ब्यक्त गरे । 

कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले थेबेलार्इ सभापति बनाउने बिषयमा १३ औ महाधिवेशनमा सहमति भएको बताए ।  सहमती गर्नेमा कुमार बुढाथोकी, कृष्णप्रसाद सिटौला, नरेन्द्र नेम्बङ्ग, सुधिरकुमार शिवाकोटी, डिल्लीप्रसाद सिटौला, बिश्वप्रकास शर्मा, पुर्णानन्द दाहाल, गोपालकुमार बस्नेत बसेर  थेवेलाई १४ महाधिवेशनमा सभापति बनाउने सहमति गरेको उनले दाबी गरेका छन्। भद्र सहमतिलाई तोडनु राजनैतिक नैतिकता बिपरित हुने उनको भनार्इ छ ।

जनजाति  समुदायको ब्यक्ति थेबेलाई  काङ्रेसको सभापति जिताउनु भनेको समावेसीको नमुना हुने धारणा राख्दै नेता बुढाथोकीले  काङ्ग्रेस बिचार र व्यवहार दुबैमा समाबेसी भएकोले सभापतिका लागि थेबेलाइ उभ्याएको धारणा ब्यक्त गरे ।  

सहमति र सम्झौता अनि भद्र सहमतिलाई तोडने नेताको भर नहुने हुदा, त्यस्तालाई  कार्यकार्ताले बेलैमा चिन्नु पर्ने बुढाथोकीको भनाइ थियो ।कार्यक्रमका बिशेष अतिथि तथा नेपाली काङ्ग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य सुधिरकुमार सिवाकोटीले देउमान थेवेको बिधिवत उम्मेद्वारी  पवित्र माङहिम मन्दिरबाट, भगवानलाई साक्षी राखेर शुरूवात भएको बताएका छ न् । एमाले र केपी ओलीको ज्यादतिको बिरोधमा खरो रुपमा उभिने दह्रो उम्मेद्वार थेवे नै रहेको उनले दाबी गरेका छन् । 

कार्यक्रमका विशेष अतिथि तथा नेपाली काङ्ग्रेस झापाका सभापति उद्धब थापाले  १३ औ महाधिवेशनमा भएको सहमति अनुसार देउमान थेवेलाई आफ्नो पुरा समर्थन रहेको बताए । 

अधिवेशनमा सहभागी भैरहदा प्रतिस्पर्धीलाई मित्रवत ब्यवहार गर्न र जो जितेर आएपनि काङ्रेस नै आउने भएको हुदा, पार्टीको आन्तरिक छनौट प्रक्रियालाई बिपछी पार्टीसँगको भिडन्तको रुपमा नलिन पनि सभापति थापाले आह्वान गरे । 

एमालेको दादागिरीलाई ठेगान लगाउन सक्ने उम्मेद्वारले मात्र झापा कांग्रेसको संगठन बचाउन र कार्यकर्ताको सुरक्षा  गर्नसक्ने थापाको भनाई थियो ।अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पर्शुराम ढुंगाना र सन्चालन होम दुलालले गरेको  प्रचार बिभाग प्रमुख कृष्ण हुमागार्इले जानकारी दिए । 

महामानब बी पी कोइराला र महागुरु फाल्गुनन्दको तस्बिरमा माल्यार्पण गरि शुरु गरिएको कार्यक्रममा फाल्गुनन्द जयन्तीका अवसरमा माङ्सेवा कार्यक्रम पनि आयोजना गरिएको थियो ।